भड्खोरे सामुदायिक वन उपभोक्ता समुहको ५० औँ भेला सम्पन्न

831
views

दिपसागर पौडेल
पर्वत, २२, पुस । कुस्मा नगरपालिका ७ खरेहा स्थित भड्खोरे सामुदायिक वन उपभोक्ता समुहको ५० औँ भेला शनिवार सम्पन्न भएको छ । विविध विषयमा छलफल गर्दै भड्खोरे सामुदायिक वन उपभोक्ता समुहको भेलाले विभिन्न निर्णय समेत गरेको छ ।

भेलाले खरेहामा धौलागिरीमा नै पहिलो पटक ओम आकारमा १ सय ८ वरपिपल लगायत धार्मिक कार्यमा आवश्यक अन्य वृक्षहरुको पनि रोपण गरिने निर्णय गरेको हो । भेलाले सामुदायिक उपभोक्ता वन समुहको भवन निर्माण गर्ने निर्णय गरिएको भड्खोरे सामुदायिक वनका अध्यक्ष तेज गिरीले कान्छाले जानकारी दिएका छन् ।

भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी डिभिजन वन कार्यलय पर्वतका प्रमुख दधिलाल कडेँलले भड्खोरे सामुदायिक वन लाई नमुना वनको रुपमा विकास गर्न आग्रह गर्दै ओम पार्क जस्तो पवित्र धार्मिक स्थलको निर्माणमा आँफुले सक्दो सहयोग गर्ने वताए । कार्यक्रममा कु।न।पा। ७ का वार्ड अध्यक्ष सुवासचन्द्र पौडेलले १ सय ८ ओटा वरपिपलका विरुवा ओम आकारमा रोपेर धार्मिक तथा पर्यटकिय हिसावले देशकै नमुना गाउँ निर्माणमा सवै एकजुट हुनुपर्ने वताए । कार्यक्रममा ओम पार्क निर्माण कार्यका संयोजक सागर गिरीले १ सय ८ वरपिपल रोपणका लागि एक घर एक विरुवा अनिवार्य रोप्नुपर्ने वताए ।

कार्यक्रममा सव डिभिजन वन कार्यलय पर्वतकी सहायक वन अधिकृत मुना शर्मा , रेडक्रस सोसाइटिका भरतकुमार श्रेष्ठ,पुर्व फेकोफन अध्यक्ष खेमनाथ शर्मा वन उपभोक्ता समुहका पुर्व अध्यक्ष रमाकान्त शर्मा लगायत विभिन्न विशिष्ट व्याक्तिहरुको उपस्थिती रहेको थियो ।

भड्खोरे सामुदायिक वन उपभोक्ता समुह कु।न।पा। ७ खरेहाका अध्यक्ष तेज गिरीको अध्यक्षता, डिभिजन वन कार्यलय पर्वतका प्रमुख दधिलाल कडेँलको प्रमुख आतिथ्यता, समुहकी सहसचिव ज्ञानुकुमारी शर्मा को स्वागत मन्तव्यमा सम्पन्न भेलाको सहजिकरण मीठु कुमारी शर्माले गरेकी थिइन् ।