सरसफाईमा नुवाकोट प्रहरी

1112
views

नुवाकोट, २२, पुस । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिकामा सरसफाई गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्लिमगरको उपस्थितिमा प्रहरीले सरसफाई अभियान सञ्चालन गरेको हो ।

प्रहरीले थालकेको समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बिदुर नगरपालिका वडा नं. ५ देबिघाट स्थित पृथ्वी स्मारक र जालपा देवी मन्दिर परिसरको सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोट सामुदायिक शाखा, समुदाय प्रहरी सेवा केन्द्र नुवाकोट, महिला तथा बालबालिका सेवा केन्द्र नुवाकोट, लोकप्रिय सहकारी संस्था नुवाकोटको सहभागिता रहेको थियो ।

कार्यक्रममा पृथ्वी स्मारक संरक्षण समिति, जालपा विकाश क्षेत्र संरक्षण समिति, पतन्जली योग समिति, ब्रह्रम कुमारी राजयोग सेवा उपकेन्द्र, नुवाकोट रेडक्रस, बिदुर नगरपालिका स्थित समुदाय प्रहरी ५ नं. वडा समिति र स्थानिय नागरिक समाज प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।

सरसफाई अभियानमा ३० जना प्रहरी कर्मचारी सहित १०० जनाको सहभागिता रहेको थियो ।