पछिल्लो पाँच महिनामा ९४ प्रतिशतको आयात ६ प्रतिशतको निर्यात

466
views

सरकारले हरेक वर्ष व्यापार घाटा कम गर्ने भन्छ । तर, यो निरन्तर बढ्दो छ । स्वदेशी उद्योगलाई सहुलियत दिएर बस्तु उत्पादन गर्नुभन्दा विदेशी उत्पादनको खपत बढेका मुलुकको आयात–निर्यात अनुपात निकै दर्दनाक छ । अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षको पाँच महिनामा आयात ३४ दशमलब दुई पाँच प्रतिशतले बढेको छ ।

चालु आर्थिक बर्षको ५ महिनामा नेपालले ३७ अर्ब ५० करोडको निर्यात र ६ खर्ब ७ अर्बको आयात गरेको छ । जुन अघिल्लो वर्षको पाँच महिनाको भन्दा निर्याततर्फ ११.२१ र आयाततर्फ ३४.२५ प्रतिशतले बृद्धि हो । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पाँच महिनाको भन्दा यो वर्षको पाँच महिनामा व्यापार घाटा बृद्धिदर ३६ दशमलव ११ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष पाँच महिनामा ४ खर्ब १८ अर्ब ४२ करोड २६ लाख घाटा व्यहोरेको मुलुकले यस वर्ष सोही अवधिमा ५ खर्ब ६९ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ नोक्सान सहनु परेको हो । जसअनुसार कुल व्यापारमा निकासी र पैठारीको योगदान क्रमशः ५ दशमलब ८ र ९४ दशमलब २ प्रतिशत छ रहेको भन्सार विभागका सूचना अधिकारी शिवप्रसाद भण्डारीको भनाई छ ।

ठूलो परिमाणमा टर्कीमा धागो पठाएका कारण यो पाँच महिनामा निर्यात अनुपात केही बढेको हो । गलैंचा, पश्मिना, तयारी पोशाक, चिया–कफीलगायतको निर्यात सन्तोषजनक रहेपनि बढ्दो व्यापार घाटा कम गर्न ति मात्रै पर्याप्त छैनन् । नेपालले पछिल्लो पाँच महिनामा सबैभन्दा धेरै ९८ अर्व बराबरको त इन्धन मात्रै आयात गरेको छ ।

व्यापार घाटा न्यूनीकरणका लागि आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुको विकल्प छैन । तर, स्पष्ट नीति नहुँदा लगानीकर्ताको अनाकर्षण, औद्योगिक र लगानीयोग्य वातावरणको अभाव, श्रम, सुरक्षाजस्ता समस्याले व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी योजना बजेट बक्तब्यमा मात्रै सीमित हुँदै आएको छ । अर्का्ितर, बैंकको चर्को व्याजदरले भएका निर्यातजन्य उद्योग पनि बन्द हुने अवस्थामा पुगेको भन्दै नेपाल निर्यात परिषद् सरकारले ठोश कदम नचाले स्थिति झन दर्दनाक बन्ने औंल्याएको छ ।

निजी क्षेत्रले आन्तरिक उत्पादनसहित निर्यात बढाउन बाधक रहेको भन्दै औद्योगिक व्यवसाय ऐन, बोनस ऐन, मदिरा ऐन र उपभोक्ता ऐन संशोधनको माग गर्दै आएको छ । तर, लगानीयोग्य वातावरण बनाउने दावी गर्दै आएका हरेक सरकारले भने त्यसतर्फ ध्यान दिएका छैनन् । निजी क्षेत्र सरकारनै गम्भीर नहुँदा परिस्थिति झनपछि झन जटिल बन्दै गएको दावी गर्छ ।

आन्तरिक उत्पादनमा जोड नदिनु, निर्यातजन्य समाग्री गुणस्तर र मुल्यमा प्रतिस्पर्धी बनाउन नसक्नु, वस्तु उपभोगमा स्वदेशी भन्दा अन्तर्रा्ष्ट्रिय समाजलाई पक्षाउने परम्पराले आयातबढेको छ भने निर्यात घट्दै गएको छ । सरकारले साना तथा ठूला उद्योगमा लगानीको वातावरण सृजना, उद्योग र कृषीमा व्यवसायीलाई आर्कषण गर्न सकेआयातमा केही कमी आउने जानकार बताउँछन् । घटना र विचारबाट सभार