नेपालकै भरपर्दो बिमा कम्पनी आई.एम.ई.लाईफ ईन्स्योरेन्सको शाखा कुश्मामा

1660
views

सिताराम थापा । पर्वत जिल्लाको सदुरमुकाम कुश्मामा आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा विस्तार भएको छ । कुश्माको साझा चोकमा एक समारोह बिच सोमवार पर्वत शाखा कार्यालयको उद्घाटन गरिएको हो ।

शाखा कार्यालयको उद्घाटन गर्दै कम्पनीका केन्द्रिय अध्यक्ष डा.रामहरी अर्यालले आई.एम.ई. ईन्स्युरेन्स फरक ढाचा र शैली, विमाको पहुँच अभिवृद्धिका लागि दिगो व्यवसायको सिद्धान्त र शुसासनपुर्वक सञ्चालन र व्यवस्थापनमा विशेष जोड दिएर अघि बढने दावी गरे ।

उनले आई.एम.ई. लाइफ ईन्स्योरेनसले मुलुकलाई आर्थिक समृद्धिमा टेवा दिन राष्ट्र सेवाको भावले काम गरिरहेकोले अभिकर्ताहरुले आर्थिक सवलता र सामाजिक सेवाका भावले कार्य गर्न आग्रह गरे ।

अघिल्लो बर्ष ५० र यश बर्ष ४० शाखा बिस्तार गरेको यसले नेपालमा सतप्रतिशत पुर्नबिमा गर्ने नेपालमै माग र भुक्तानी गर्नेगरि स्थापित गर्ने क्षेत्रिय प्रबन्धक प्रशान्तराज धितालले बताए ।

समारोहमा पर्वत उद्योग यसले वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले धवलागिरीमा रेमिटान्स कारोवारवाट सुरुवात गरेको आई.एम.ई. इन्स्योरेन्सले यस क्षेत्रमा सफल हुने बिश्वास व्यक्त गरे ।

कम्पनीका महाप्रवन्धक दिनेश अमात्यले देशका मुख्य मुख्य शहरमा शाखा र शाखाबाटै पूर्णतया नीति जारी गर्ने र माग र भुक्तानी कार्यको अधिकार प्रत्यायोजन गरी कार्य गरिहरेकोले विमितको सेवामा प्रभावकारीता दिन सकिने स्पष्ट पारे ।

कार्यक्रममा गैसस महासंघका उपाध्यक्ष गणेश अधिकारी, अभिकर्ता प्रतिनिधि सन्जु अधिकारी, सामाजिक अभियान्ता सिताराम थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।