प्रमोदको “भन्ने माया का कुरा’’ सार्वजनिक

675
views

सचिन्द्र श्रेष्ठ । प्रमोद निर्वाणले नयाँ शैलीको गित बजारमा ल्याएका छन् । दर्जनौं गितहरुबाट चर्चा कामाएका उनले ‘भन्ने मायाका कुरा भनी सके’ बोल को गीत बजारमा ल्याएका हुन् ।

प्रमोद निर्वाण ईनटरटेनेमेण्टले आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक गरेको हो । २०६० सालमा ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी किन यसरी, जब तारा गनेर, कस्तो मोडमा जस्ता गीत उनका चर्चाका गितहरु हुन् ।

२०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गीत तिमी र म, यो माया त्यों माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै ’निर्बाण एण्ड म्यूजिक लिंक (ब्रोदर हूड स्टिल इन म्यूजिक)’ नामक चौथो एल्बममा समाबेस गीत ‘भन्ने मायाका कुरा’ बोलको गीत सार्बजनिक भएको हो ।

म्युजिक भिडियोमा क्षितिज गुरुङ्गले पेमा ह्यल्मोलाई ‘भन्ने मायाका कुरा’ भनेर मायाको प्रस्ताव राखेका छन् । उक्त गीतमा प्रमोद निर्वाणको शब्द, संगीत संयोजन तथा स्वर रहेको छ भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन।

क्षितिज गुरुङ्ग र पेमा ह्यल्मोले अभिनय गरेको म्यूजिक भिडियोलाई अर्जुन सापकोटाले खिचेका छन भने निर्देशन पनि स्वयं प्रमोद निर्वाणले नै गरेका छन ।