स्थानीय उत्पादन र पर्यटन प्रर्वद्धनमा जोड दिऊँ–उपराष्ट्रपति पुन

898
views

सीताराम थापा
माघ, २ बागलुङ । उपराष्ट्रपति नन्दकिशोर पुनले जैमिनी ग्रामिण क्षेत्र भएकोले स्थानिय उत्पादनमा जोड दिन र पर्यटन प्रर्वद्धन गर्ने संभावनाको क्षेत्र रहेको बताए । उनले आर्थिक बिकाससंगै कुनैपनि विभेद रहित समाज निर्माणमा लागि पर्न जोड दिए ।

जैमिनीको प्रथम महोत्सव मुलसमारोहको समुद्घाघाटनमा उपराष्ट्रपति पुनले करीडोरको बाटोले भारत र चिनसंग जोड्ने संभावना रेकोले यहाको प्राकृतिक,श्रोत र सांस्कृतिक विविधतायुक्त श्रोतको परिचालन गरी उत्पादन र पर्यटन दुबै संगै लग्न सुझाब दिएका थिए ।

उनले आधुनिक मेसिनरी सामाग्रीले गुणात्मक विकासमा सघाउने भएकोले समृद्ध राष्ट्रको बिकासका निम्ति आवश्यक आधुनिक उपकरणहरुको परिचालन गर्न पर्ने बताए ।

समृद्ध जैमिनीको नारा पूरा गर्नको लागि सबै जनता लाग्नु पर्ने वातावरण निमार्ण जैमिनि नगरपालिकाले गर्नु पर्ने हुदा सबै क्षेत्र निकायलाई बिकासको क्षेत्रमा परिचालन गर्न जोड दिएउनको भनाई थियो । नगरको एक्लो प्रयासले मात्र समृद्ध जैमिनी नबन्ने हुदा सरकारी गैरसरकारी, निजि र सहकारी क्षेत्र समेत संलगणन गराउन सुझाए ।

माघे सक्रान्ति पर्वको महत्व नेपाल सांस्कृतिक रुपमा असाध्यै धनि रहेको र जैमिनि पनि सांस्कृतिक र बाताबरणिय रुपमा भनी भएकोले यसको प्रर्वद्धन गरिनुपर्ने बताए । ‘यहाँ आफैले आज देखेको सालैजो, सोरठी, स्थानिय संस्कृति सम्पदा रहेकोमा खुसी व्यक्त गरे ।’

कार्यक्रममा संघीय सांसद डा. सूर्य पाठकले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेतणरलाई परिचालन गरीनुपर्ने बताए । बागलुङ बाट दक्षिण भेग जोड्ने सडक यातायात समयमै निर्माण गर्न नसकेकोमा दुख ब्यकणत गर्दै अब लागि पर्ने बताए ।

संघीय सांसद बद्री पाण्डेले नेपाल बहु जाति र भाषा संस्कृतिको धनि देस रहेकोले यसको पर्वद्धन गरिनुपर्ने बताए । प्रदेश सांसद कृष्ण थापाले जैमिनी मेलाको इतिहाँस स्मरण गर्दै संस्कृति संरक्षणमा सबै लाग्न आव्हान गरे ।कार्यक्रममा जैमिनी नगरको कौडा, सोरठि, पञ्चेबाजा लगायतका झाँकीहरु प्रर्दशन भएको थियो ।

सहारा क्लवको आयाजनामा कल्वका अध्यक्ष सुरेश सुनारको अध्यक्षता, स्वागत जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, धन्यवाद ज्ञापन उप–प्रमुख लिला राना र सञ्चालन नविन प्रताप जिसीले गरेको थिए ।