खडक बुद्धिमा एकलाख अक्षय कोष स्थापना

467
views

महेन्द्र जिसी
पर्वत । पर्वतको शंकरपोखरीका समाजसेवी एवं प्रजातान्त्रिक आन्दोलनका सिपाही खड्कबहादुर कार्की स्वर्गारोहण भएको १३ औँ दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

शोक मन्तव्य राख्दै परिवारका तर्फ देखी कार्कीको व्यवस्थापनमा सञ्चालित जनसहयागी मध्यमिक विद्यालयमा रहने गरी एकलाख एघार हजार एक सय ९९ रुपैयाँको खडक बुद्धिमा अपाङ्ग असक्त अक्षय कोष स्थापना गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी समेत सहभागी थिए । नेपाली काँग्रेस शंकरपोखरीका संस्थापक सदस्य, साविक वार्ड नम्बर ३ का अध्यक्ष रहेका कार्कीको पुष २० गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।

श्रद्धान्जली सभामा परिवारको तर्फवाट जेठा छोरा, देववहादुर कार्की र कान्छा छोरा अर्जुनवहादुर कार्कीले शोक मन्तव्य राख्नुभयो ।