फेवा बजारले उपहार प्रदान गर्ने

654
views

गोबिन्द तिमिल्सिना
हेमजा, ६, माघ । फेवा बजार डटकमले यहि माघ ५ देखि १७ गतेसम्म रु एक हजार भन्दा माथिको खरिदमा प्रत्येक ग्राहाकले लक्की स्क्रयाच कार्ड मार्फत रु ५० देखि ५०० प्रदान गर्ने शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।

संस्थाका अध्यक्ष सुजन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इलोक्ट्रोनिक सामानमा २५ प्रतिशत, घरायासी सामनमा १५ प्रतिशत, कपडामा २५ प्रतिशत, कला साहित्यका पुस्तकमा १५ प्रतिशत, त्यसै गरि टिभी, ल्याप्टप, मोबाइल हिटर जस्ता बिदुतिय सामानमा २५ प्रतिशत छुट दिइने भएको छ ।

डिजिटल नेपाल र स्मार्ट सिटीको अबधारणालाई आत्मसाथ गर्दै उपभोक्तालाई घर घरमै सम्पुर्ण उपभोग्य सामग्री पु¥याउने उद्वेश्यले कम्पनीले फेवा बजार डटकम सुरु गरेको हो । हाल गण्डकी प्रदेशका बिभिन्न जिल्लामा शाखा बिस्तार गरिरहेको छ । त्यस्तै समाजिक सञ्जाल फेसबुक पेज, वेबसाइट, एनरोइड र आइ ओ यस मार्फत पनि सम्पर्कमा आउन सकिने जनाएको छ ।