प्रचण्ड पत्नी सीतामा गम्भिर समस्या आईसीयूमा भर्ना

622
views

काठमाडौं, ८ माघ प्रकाश पुत्रको निधनपश्चात लगातार स्वास्थ्य समस्या खेप्दैं आएकी सीता दाहालको स्वास्थ्य झनैं बिग्रेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्तालमा भर्ना भएकी छन् । रुघाखोकी र ज्वरो आएपछि उनलाई बिहान सुमेरु अस्ताल भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार गरिएको छ।
‘उहाँलाई रुघाखोकी फ्लु देखियो,’ अस्पताल श्रोतले भन्यो, ‘स्वास्थ्य अवस्था स्थिर छ।’ छ । सीताको उपचारमा डा।युवराज शर्मालगायत चिकित्सक खटिएका छन् । उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगद्वारा पीडित छिन् ।
अध्यक्ष प्रचण्डले पत्नी सीताको नेपालमा मात्रैं नभई विदेशमा लगेर पनि उपाचार गराएका छन । धेरैंजसो सामान्य रहने सीता दाहाल कहिलेकाँही भने गम्भिर अवस्थामा पुग्ने गरेको पारिवारीक श्रोतले बताएको छ ।