सिएनएन हिरो बन्ने भन्दै ठगी गर्ने पक्राउ

790
views

पर्वत । ललितपुर जिल्ला साविक वडीखेल गाविस वडा नं–२ हाल गोदावरी नगरपालिका वडा नं–४ वस्ने ४० बर्षिय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । न्यौपानेलाई पर्वत फलेवास नगरपालिका र वाग्लुङ्ग जिल्लाका विभिन्न विद्यालय गाउँमा ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

सिर्जनशिल अन्धा अपाङ्ग प्रर्वद्धन केन्द्रको मेनेजिङ डाईरेक्टर भएको बताउँदै ठगी गर्ने नयौपानेको जिल्ला अदालतबाट ५ दिनेको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अपत्यारिलो आश्वासन
सन्तोष न्यौपानेले पर्वत फलेवास नगरपालिका–३ मा रहेको श्री जन सहयोगी माविमा निजी स्रोतबाट पढाईरहेका पाँचजना शिक्षकलाई मासिक २२ हजार एकसय ७० रुपयाँका दरले सातबर्षसम्म तलव दिने भन्दै अपत्यारिलो ढंगले ठगेको प्रधानाध्यापक गणेश बहादुर थापाले बताए ।

थापाले भने ‘न्यौपानेले हाम्रो विद्यालयलाई प्रिन्टर, विद्यार्थीलाई खैरो रङको स्विटर दिने, जुन सहयोग अमेरिका, जापान र वेलायतबाट प्राप्त हुने भन्दै निवेदन दिन लगाएपछि खाम बन्दी गरेर वडामा निवेदन दियौं ।’

न्यौपानेले विद्यालयमा आफु सिएनएन वर्ष २०१९ को हिरो बन्न लागेको र त्यसको लागी भोट हाल्नुपर्ने बताएको प्रधानाध्यापक थापाले बताए ।

न्यौपानेले पर्वत फनपा–३ लगायत पर्वत र बाग्लुङ्गका विभिन्न वडाहरुबाट अविवाहित महिलाईलाई जागिर लगाईदिने भन्दै पैसा समेत उठाएको फलेवास नगरपालिका वडा नं–३ का अध्यक्ष अर्जुन कार्कीले बताए ।

न्यौपानेले आफु सिर्जनशिल अन्धा अपाङ्ग प्रर्वद्धन केन्द्र शाखा पोखराको मेनेजिङ डाईरेक्टर भएको र गरिव, दलितलाई जागिर लगाईदिने र आर्थिक रकम नभएका व्यक्तिहरुलाई निरव्याजे रकम उपलब्ध गराउने भन्दै ठगी गरेका जनाइएको छ ।

न्यौपानेलाई गोर्खा नगरपालिका वडा–६ हरमटारी चोक स्थित होटल मिराकलबाट पक्राउ गरिएको थियो । उनलाई ठगी सम्वन्धी कसुर मुद्दामा अनुसन्धान भैरहेको छ । ठगीमा न्यौपानेमात्र नभई गिरोह नै हुन सक्ने आशंका गरिएको छ ।