स्वर्ण महोत्सवको सार्वजनिक मिति सारेर उद्घाटन

581
views

पर्वत । वि.स. २०१७ साल माघ १७ गते स्थापना भएको पुर्णेश्वर माविको स्वर्ण महोत्सव दुईदिनको ढिलाईमा उद्घाटन गरियो । कुश्मा नगरपालिका–१० पिपलटारीमा रहेको श्री पुर्णेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव माघ १७ गतेको मितिमा थियो तर प्रमुख अतिथिको ढिलाईले माघ १९ गते मात्र उद्घाटन गरिएको थियो ।

सो महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए । स्थानीयले राजनीतिक प्रभावका कारण मिति सार्नुपरेको बताएका छन् । स्थानीयले जेष्ठ नागरिक वा समाजसेवी वा संस्थापक परिवारबाट पनि महोत्सवको उद्घाटन गर्न सकिने बताए ।

स्वर्ण महोत्सवको उद्धघाटन गर्दे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षामा परम्परागत शैली तोडेर परिवर्तन गर्नुपर्नेमा जोडड दिए । उनले आधुनिक र प्रविधियुक्त शिक्षाको विकासमा राज्यले लगानी गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रतिनिधि सभाका सांसद पदम गिरीले तीनै तहका सरकारहरुको आवश्यक समन्वय र सहकार्यबाट समृद्ध पर्वत जिल्ला बनाउन सकिने धारणा व्यक्त गरे ।

स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य महोत्सव मूल आयोजक समितिका सहंयोजक शान्त पौडेलले गरेका थिए ।

मुल आयोजक समितिले १७ गते देखी नै कार्यक्रमहरु सार्वजनीक गरेको भएपनि प्रमुख अतिथीको टुङ्गो नलाग्दा विद्यालयको पचास वर्ष पुगेको मिति सरेको थियो ।

महोत्सवका प्रचार संयोजक गणेश पौडेलका अनुसार १७ गते देखी नै विद्यालयले प्रभात फेरी जस्ता गतिविधि गर्दै आएको भएपनि मुल कार्यक्रमको भने माघ १९ गते तिमिल्सेना मर्फत उद्धघाटन गरिएको बताए ।