सरकार विरुद्ध काँग्रेस पर्वतले बजायो मृत शंख

646
views

पर्वत । सरकारविरुद्ध नेपाली कांग्रेसले पर्वतमा विरोध प्रदर्शन गरेको छ । सरकारले जनताको भावना विपरीत काम गरेको, दुई तिहाइको बलमा कानुन र संविधान विपरीत काम गरेको भन्दै आज कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

संसदीय मार्यादा कायम गर्न नसकेको, महंगी भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत पर्वतमा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

पार्टी कार्यालय लोकतन्त्रचोकबाट सुरु भएको विरोध ¥याली वडागाउँ पुगेर पून लोकतन्त्रचोकमै कोणसभा सभामा परिणत भएको थियो ।

विरोध प्रर्दशनमा कांग्रेसका भातृसंगठनका प्रतिनिधि र कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । सरकारले दुई तिहाइको बलमा लोकतन्त्र विरोधी काम गरिरहेको कांग्रेसजनहरुको आरोप छ । र्यालीमा सरकार विरद्ध मृत शंख बजाइएको थियो ।