ध्यान शिविरमा ५० प्रहरी जवान

788
views

सीताराम थापा
बागलुङ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका विभिन्न प्रहरी चौकीमा खटिएका प्रहरी जवानलाई ओशो केन्द्र, बाग्लुङले एक हप्ताको ध्यान शिविर प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी चौकीबाट एकजना प्रतिनिधित्व गराएर ५० जनालाई बागलुङ बजार विपद् व्यवस्थापन कार्यदलमा ल्याएर ध्यान शिक्षा शिविरको आयोजना गरीएको बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

प्रहरीलाई स्फुर्ति बढाउने र सकारात्मक चिन्तनको बिकास गरी तनाब मुक्त गर्न प्रहरीहरुलाई ध्यानसम्बन्धी ज्ञान दिइएको हो । ध्यानबाट मानसिक अभ्यास गरि मानसिक स्वथ्य र स्फुर्त राख्न बागलुङ जिल्लाभरी नै ध्यान केन्द्रले यस्तो शिविरको आयोजना गर्दै आएको जनाएको छ ।

मानविय लोभ, इष्र्या, कुण्ठा र विकृत मनस्थितिलाई बदलेर शान्तिका लागि ध्यान अभ्यन गरिने ध्यान सहजकर्ता ज्योत्सना शाक्यको भनाई छ । विश्वमै डलराग्दो रोगका रुपमा आएको डिप्रशेन निकै घातक हुनसक्छ, यसबाट उन्मुक्त हुन ध्यानको आवश्यकता र महत्व रहेको छ ।

‘संसारभर तनाव बढिरहेकाले अब हामीले ध्यानमा लगाएर शान्ति खोज्ने सन्देश दिन खोज्दैछौं,’ उनले थपिन ‘ध्यानका २ सय विधि पच्छ्याएमा झगडा र लडाइँ शान्तिमा बदलिने छ, एकले अर्काको सम्मान र माया गर्ने वातावरण तयार हुन्छ ।’ ओशो तपोवन काठमाडौमा ध्यानकै लागि संसारका पर्यटक आउन थालेको उनले बताइन् ।

केन्द्रले विभिन्न बागलुङका सरोकारवाला लगायतलाई ध्यान सञ्चालन गरेको संयोजक लीला खड्काले बताइन् । नित्य र ब्यायामपछि ध्यानमा बसाल्दा बढी प्रभावकारी भएको समेत उनको अनुभव छ ।