उखुबारीमा ९ वर्षिय बालिकाको शव फेला

509
views

जनकपुर । धनुषामा ९ वर्षीया बालिकको शव उखुबारीमा जलाइएको अवस्थामा फेला परेको छ । मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देव रसाइलीकी ९ वर्षीय छोरी रेश्मा रसाइलीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

गाउँभन्दा ५०० मिटर पर बालिकाको शव भेटिएको का एसपी शेखर खनालले जानकारी दिए । प्रहरीकाअनुसार रेश्मा बुधबार बेलुका गाउँमा रहेको बिहेमा नाचिरहेकी थिइन् ।

बालिकालाई कसैले बिहेघरबाट उठएर लगी बलात्कारपछि हत्या गरेको प्रहरीको अनुमान छ । संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरका प्रमुख एसएसपी शेखर कोइराला, जनकपुर अञ्चल अस्पलतालका डाक्टर केडी दाससहितको टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाइ अञ्चल अस्पताल जनकपुरमा ल्याएको थियो ।
बालिकाको शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।