देश विकासको प्रमुख बाधक भ्रष्टाचार–पौडेल

655
views

दमौली, ५ फागुन । देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्न जो कोहीलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन् ।

तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।

पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले संसद्मा काँग्रेसको भूमिका प्रभावकारी नभएको बताउँदै राष्ट्रिय महत्वका विषयमा काँग्रेसले सदनबाट आवाज उठाउनुपर्ने धारणा राखे ।