नुवाकोट पुननिर्माण कसरी ?

1329
views

विगत आधा शताब्दीदेखी भत्कन थालेको नुवाकोट दरवार क्षेत्र २०७२ को महाभुकम्पले खन्डहर नै बनाइसकेको हामी सबैलाई अवगत नै छ । नुवाकोट दरवार क्षेत्रको ऐतिहासिक महत्वको सिन्दुरे जात्रालाई यो वर्ष देखी विशेषरूपले सम्पन्न गर्ने साेंच अगाडि सारिएको छ ।

नुवाकोट दरवार क्षेत्र ३ नम्वर प्रदेशमा उपत्याका जतिकै इतिहास बोकेको स्थलको रूपमा देशब्यापी प्रचार प्रसार गर्नुपर्ने छ । नुवाकोट दरबार क्षेत्र सांस्कृतिक रूपले पनि उपत्याका जतिकै धनि छ । नुवाकोटको सिन्दुरे जात्रा काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा, विस्केट जात्रा, मछिन्द्रनाथको रथ यात्रा जतिकै हाराहारीको इतिहास बोकेको जात्रा हो । काठमान्डौ उपत्यकामा मनाइने यी जात्राहरूमा इतिहासका राष्ट्र प्रमूख तथा सरकार प्रमुखको उपस्थित हुने जुन परम्परा सुरू गरिएको थियो आज पनि यो परम्पराले निरन्तरता पाइरहेको छ । नुवाकोटको सिन्दुरे जात्रा पनि मल्लकालभरि राष्ट्रप्रमुखकै उपस्थितीमा मनाइने गरिएको इतिहासिक तथ्यहरू छन् । पृथ्वीनारायण शाहको पालामा राजा स्वंयको उपस्थितीमा सिन्दुरेजात्रा सम्पन्न भएको ऐतिहासिक प्रमाणहरू छन ।

नुवाकोटको सिन्दुरेजात्रामा राष्ट्रप्रमुख तथा सरकार प्रमुखको उपस्थिती हुने परम्परा तोडिएको झन्डै दुई सय छयालिस बर्षको हाराहारी पुगीसकेको ऐतिहासिक तथ्य भेटिन्छ । काठमान्डौ उपत्यकामा मनाइने इन्द्रजात्रा, मछिन्द्रनाथको रथजात्रा तथा विस्केट जात्राहरूमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखको उपस्थिती हुने परम्पराको निरन्तरता जस्तै नुवाकोटको सिन्दुरेजात्रा राज्य तथा सरकार प्रमुखको उपस्थितीमा मनाइने ऐतिहासिक परम्परालाई ब्युत्याउनु आवस्यक देखिन्छ ।

काठमान्डौ उपत्यकामा मनाइने साँस्कृतिक पर्वहरू लगभग सबै पर्वहरू नुवाकोट दरवार क्षेत्र भित्र देख्न सकिन्छ । यि पर्वहरू मध्ये सबभन्दा महत्वपुर्ण पर्व सिन्दुरेजात्रा पर्व हो । यो पर्वलाई राज्यले विशेष महत्व दिएर संरक्षण गर्नुपर्ने आवस्यकता महसुस भएको छ । इतिहासमा यो पर्व सम्पन्न गर्न ब्यबस्था गरिएका भूमिको उत्पादनले यो पर्व अव थेग्न सकिदैन । राज्यले भूमिमा द्धैध स्वामित्व अन्त्य गर्ने भन्दै लादिएको गुठी भूमि सूधार कार्यक्रमले सांस्कृतिक पर्वहरूको सन्चालनमा झन कठीनता थप्ने काम गर्यो । आजको सांस्कृतिक पर्वहरू हिजोको भूमिको उत्पादनमा आधारित संरचनाले सञ्चालन गर्न सम्भव छैन ।

नुवाकोटको सिन्दुरेजात्रा मार्फत हाही नुवाकोटलाई ३ नम्वर प्रदेशकै सांस्कृतिक राजधानी धोषणा गर्ने अभियान संचालन गर्दैछांै । यो बर्षको सिन्दुरेजात्रा सुरू हुन आजवाट ठ्याक्कै दुई महिना बाँकी छ । २०७६ वैशाख ६ गते नुवाकोट दरवार क्षेत्रमा सिन्दुरे जात्रा सुरू भई वैशाख ७ गते सम्पन्न हुदैछ । यो चार दिन“ नुवाकोट सान्दुरे जात्रा महोत्सब २०७६ को रूपमा सिन्दुरे जात्रा मनाउने अवधारणा अगाडि सारिएको छ । देशब्यापी रूपमा नुवाकोट सिन्दुरे जात्राको प्रचार प्रसार गर्ने र सिन्दुरेजात्राको मूख्य दिन बैशाख ८ गते प्रदेश सरकार प्रमुख तथा प्रदेश मन्त्रिपरिषदको समुपस्थितीमा सिन्दुरेजात्रा सम्पन्न गर्ने अवधारणा अगाडि सारिएको छ ।  -नुवाकोट सरोकार समाज