खजन्ती महिला केन्द्रलाई २५ हजार

658
views

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत मनमैजु शाखाद्वारा प्रवद्र्धित खजन्ती महिला केन्द्रलाई रु. २५ हजार हस्तान्तरण गरेको छ ।

मंगलबार शाखा कार्यालय मनमैजु काठमाडौंका सुपरभाइजर कृष्ण प्रसाद उप्रेतीले सो रकम केन्द्रका प्रमुख कल्पना अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । सो रकम मन्दिर निर्माण गर्नका लागि महिला केन्द्र्र मार्फत सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा उप्रेतीले संस्थाले सदैव आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई मध्यनजर राख्दै आएको, सामाजिक विकास प्रति सचेत रहेको बताउनु भयो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको सोही शाखाका शाखा प्रमुख रमिला श्रेष्ठले जानकारी गराउनु भयो ।

त्यस्तै शाखाका कर्मचारी सृजना खड्काले संस्थाले ग्रामिण तथा शहरोन्मुख इलाकामा बसोबास गर्ने बिपन्न समुदायमा कार्य गर्दै आएकोले महिलाहरुको आर्थिक स्थितिमा समेत परिवर्तन आएको बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा खजन्ती महिला केन्द्रका प्रमुख कल्पना अधिकारीले सामाजिक कार्यमा संस्थाले सहयोग गर्दै आइरहेको बताउनुहुदै महिलाहरुको क्षेत्रमा पनि बिभिन्न उत्थानका कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।

संस्थाले नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही हाल ४८ जिल्लामा ९२ शाखामार्फत वित्तीय पहुँच बिस्तार तथा साक्षरता अभिबृद्धि सहित लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।