देजमो सञ्चालित मेची–महाकाली अभियान टोलीमाथि भारतीय प्रहरीको हस्तक्षेप

892
views

कपिलवस्तु । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको मेची–महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु जिल्लाको सीमावर्ती क्षेत्र महलिसागर बाँध अगाडिको ५१ नं पिलरमा पुगेको अभियान टोलीमाथि भारतीय एसएसपीले हस्तक्षेप गरेको छ ।

मोर्चाका केन्द्रीय सचिव परी थापा नेतृत्वको उक्त टोलीले त्यस क्षेत्रमा नेपाली भू–भागमाथि भारतीय पक्षबाट अतिक्रमण गरिएको खबर आएपछि निरिक्षण तथा अनुगमनको राखेको थियो ।

उक्त क्षेत्रमा पुगेर स्थानीयसँग भेटघाट कार्यक्रम र त्यहाँको समस्याका विषयमा सीमाक्षेत्रमै पत्रकार सम्मेलनको आयोजना गरिएपछि हस्तक्षेत्रप गरेको हो ।

हस्तक्षेपपछि भएको कोणसभालाई सम्बोधन गर्दै मोर्चाका सचिव परि थापाले नेपाली भूभाग माथिको अतिक्रमण रोक्न भारतीय पक्षलाई कडा चेतावनी दिएका थिए ।

भारतीय प्रहरीको हस्तक्षेपपछि अभियान टोलीले भारतीय विस्तारवाद मुर्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद, जस्ता नाराहरु लगाएका थिए ।

भारतीय प्रहरीले अभियान टोलीको गाडीको चाँबी खोसेको थियो । भारतीय प्रहरीको हस्तक्षेपको प्रयासपछि अभियानमा रहेकाहरुले प्रतिकार गरेका थिए ।