मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली, हजारौं कस्केली स्तब्ध

666
views

पोखरा । ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नाष्रिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पोखरा प्रर्दशनी केन्द्रमा राखिएको छ ।

गृह जिल्ला कास्कीले धेरै आशा र भरोशा गरेका युवा नेता गुमाउँदा कस्केलीहरु स्तब्ध छन् । कास्कीमा आफ्ना प्यारा युवा नेतालाई श्रद्धाञ्जली दिन मानव सागर उत्रेको छ ।

श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, संघीय सरकारको मन्त्री, नेकपाका केन्द्रीय नेता, विभिन्न पाटीका नेताले श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रदर्शनी केन्द्रबाट सुरु भएको अधिकारीको शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै सेती नदीको रामघाट पुगेर धार्मिक परम्पराअनुसार अन्त्येष्टी गरिने छ ।