आफ्नै श्रीमतीलाई बन्दुकले गोलि प्रहार

643
views

सीताराम थापा
बागलुङ, १८, फागुन । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोलि हानी सक्त घाइते बनाएका छन ।

राति ११ बजेको समयमा घरमा सामान्य झगडा हुँदा चन्द्रबहादुर घर्तिले भरुवा बन्दुकले प्रहार गरि उनकी श्रीमति बालकुमारी घर्तिलाई घाइते बनाएको प्रहरी श्रोतले जनाएको छ ।

घाइते श्रीमती घर्तिको साँप्रामा गोलिको छर्र्रा लागेकोर स्थानिय स्वास्थ्य चौकि दर्लिङमा उपचार्थ रहेकि छन। गोलि प्रहार घर्ति घाईते अवस्था रहेको र गंभिर नभएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्गम ठाउँ भयकोले प्रहरीले थाहा पाई घटना स्थलमा अनुसन्धान गरिरहेको र प्रहरीले घट्नास्थलबाट एक थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

घाईतेका श्रीमान चन्द्रबहादुर घर्ति फरार रहेपछि उनको खोजि भईरहेको प्रहरीले श्रोतले जनाएको छ । दुर्गम ठाउमा यस्ता घटना हुनुमा विषेश अनुसन्धान हुनुपर्ने सरोकारवालाहरु बताउँछन ।