फलेवास नगरपालिकामा तिवारी र शर्माका बीच कडा प्रतिष्पर्धा, कस्ले मार्ला बाजी ?

757
views

पर्वत, २, जेठ । फलेवास नगरपालिका अन्र्तगत ११ वटा वडाका मतदाताहरुले दुई नेतालाई कडा प्रतिष्पर्धामा उभ्याईदिएका छन् । कतिवेला काँग्रेस उम्मेदवार गंगाधर तिवारी र कतिबेला एमाले उम्मेदवार पदमपाणी शर्माले लिड गरिरहेका छन् ।
भर्खरै प्राप्त मत परिणाम अनुसार एमाले मेयर उम्मेदवार पदमपाणी शर्माले ३२८१ मत प्राप्त गरेका छन ्भने काँग्रेसका तर्फबाट मेयर उम्मेदवार तिवारीले ३११८ मत प्राप्त गरेका छन् । अहिले शर्माले १६३ मतले तिवारीलाई लिड गरिरहेका छन् ।
यस्तै उपमेयरमा एमाले उम्मेदवार मञ्जु अधिकारीले ३२५२ मत प्राप्त गरेकी छन् भने काँग्रेस उपमेयरका उम्मेदवार रेखा गुरुङले ३१२२ मत प्राप्त गरी अधिकारी गुरुङ भन्दा १३० मतले अगाडी छन् ।
यस्तै कुश्मा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले १ हजार २ सय ५२ र उपमेयरमा १ हजार १ सय ९३ मत प्राप्त गरेको छ । एमालेले मेयरमा ७ सय ४३ र उपमेयरमा ७ सय ५२ मत पाएको छ । पाङ्गमा २ हजार ३ सय २६ मत खसेको थियो ।