मोदीले ट्विटर अभियान चर्काउँदा महिलाको आवाजको पक्षमा ममता

592
views

विश्वकै ठूलो लोकतन्त्र भनिने भारतको आगामी चुनावका लागि विभिन्न राज्यहरूबाट उम्मेद्वारहरूको सूची सार्वजनिक गर्ने प्रक्रिया चलिरहेको छ । पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले आफ्नो पार्टी अल इण्डिया तृणमूल कंग्रेस’ को उम्मेद्वार सूची सार्वजनिक गरेकी छन् जसमा ४१ प्रतिशत महिलाहरू रहेका छन् ।

जम्मा ४१ उम्मेद्वारमध्ये १७ जना महिला छन् जसमा दुई क्षेत्रीय अभिनेत्रीहरू मिमि चक्रवर्ती र नुसरत जहान पनि छन् । 

संसदमा भने पुरुष नै हाबी

यसअघि सन् २०१४ को चुनावमा जितेकी पूर्व अभिनेत्री मुनमुन सेन पनि यसपटक चुनावमा प्रतिस्पर्धा गर्दै्छिन् । महिलाहरूको उपस्थितिलाई लिएर आफूलाई खुब खुसी लागेको र यो निकै गौरव गर्ने क्षण भएको भन्दै उनले अन्य पार्टीलाई पनि त्यसै गर्न चुनौती दिएकी छन् । विगत केही वर्ष यता मतदान गर्न जाने महिलाहरूको संख्या तीव्र रुपमा बढिरहेको छ ।

भारतका गाउँ परिषद्हरूमा सन् १९९० को पूर्वार्द्ध देखि महिलाका लागि सिट आरक्षित गरिए पनि संसदमा भने अझै पनि पुरुषहरू हाबी छन् । महिला मतदाताहरू चुनाव जित्नका लागि शक्तिशाली बन्दै गइरहेका बेला राजनीतिक पार्टीहरूले पनि उनीहरूलाई सक्रिय रुपमा लक्षित गर्नुपर्ने महसुस गरिरहेका छन् ।

विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले महिलाका लागि निश्चित सिट संख्या छुट्याउने प्रतिवद्धता बुधवार जाहेर गरेका छन् ।

मोदीको आग्रह
२० वर्षअघि आफ्नो पार्टीले गरेको उक्त प्रस्ताव अनुसार यदि कंग्रेस सत्तामा आए ३३ प्रतिशत सिट महिलालाई जानेछ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले श्रृंखलाबद्ध रुपमा ट्विट गरेका छन् ।

उनले आफ्ना ट्विटमा चर्चित कलाकारदेखि सञ्चारकर्मी र विपक्षी राजनीतिज्ञलाईसमेत ट्याग गरेका छन् र धेरै मानिसहरूलाई मत खसाल्न प्रभावित पार्न पनि भनेका छन् ।

कांग्रेसकी नेतृ प्रियङ्का गान्धी अन्ततस् ट्विटरमा आएकी छन् । प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातमा भाषण गरेको केही घण्टापछि उनले दुईवटा ट्वीटसमेत गरेकी छन् । बीबीसी