हुम्लामा फेरी आधाफिट हिउँ

1015
views

सिमकोट, १, चैत । हुम्लामा फेरी हिमपात भएको छ । चैत महिना लागे पनि बिहीबार रातीबाट हिमपात भएको हो । जमिनमा बिहान सम्म आधा फिट हिउँ जमेको छ । हिउँ पर्ने क्रम जारी रहेको छ । हिमपात पछि चिसो बढेको छ ।

बिहान चिसो बढेपछि तापक्रम माईनस चार डिग्रीमा झरेको छ । अघिल्लो हिउँ जमि रहेको बेला पून हिमपात हुँदा माथिल्लो हुम्ला सेताम्मे भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका उच्च बस्ती, चाला, मुचु, तुम्कोट, यारी र लिमीमा धेरै हिपात भएको छ ।