‘ह्याप्पी होली’, खेलौँ होली’

1538
views

काठमाडौँ, ६, चैत । आज फागुन पूर्णिमा अर्थात फाल्गुण शुक्ल पूर्णिमाको दिन । आज राजधानी लगायत पहाडी भेगमा मन मिलेकाबीच अबिर दलेर फागुु पर्व मनाइँदैछ । छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेका थिए तर प्रह्लाद सकुशल रहे भने होलिकाको मृत्यु भयो । यसै खुसियालीमा पौराणिक कालदेखि यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ ।

तराई क्षेत्रमा भने यो पर्वत भोलिपल्ट मनाउने प्रचलन छ । फागु पूर्णिमा पूर्वी फाल्गुनी नक्षत्रमा लाग्ने हुँदा यसको स्वामी शुक्रग्रह रहेकाले यो पर्व रतिराग, प्रेम, सौन्दर्य र यौवनतासँग जोडिएको छ ।

यही बेला वसन्त ऋतुको आगमन हुने भएकाले वसन्तोत्सव वा मदनोत्सवको रूपमा पनि यो पर्व मनाइन्छ । वसन्त ऋतुलाई कामवासनायुक्त मानिन्छ ।

होलीमा पनि विभिन्न लुगा लगाउने फेसन बढ्दो छ । यस पर्वमा विशेष गरेर सेतो रङका लुगा लगाउने प्रचलन छ । होलीमा ‘ह्याप्पी होली’, ‘दाजुभाइ होली’, ‘होली खेलौँ’, ‘रमाइलो होली’, ‘होली है’ लेखिएका सेतो रङका टिसर्ट लगाउने प्रचलन बढेको छ ।

होली मनाउने नाममा विकृति फैलाउनेविरुद्ध कानुनी कारबाहीका लागि बुधबार एक दिनलाई विशेष सुरक्षा योजना सञ्चालन गरिएको छ ।