देजमो प्रदेश पाँचको सम्मेलनः ३९ सदस्यीय कमिटी निर्वाचित

729
views

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पाँच नम्बर प्रदेशको सम्मेलन सकिएको छ । बाँकेको सम्पन्न सम्मेलनले तीन सदस्यपछि थप्नेगरी ३९ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ ।

निर्वाचित समितिको पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने र अन्य संघर्षका कार्यक्रमहरू ठोस गर्ने बताइएको छ । विभिन्न जिल्लाका ६३ जना प्रतिनिधि प्रवेक्षकहरू उपस्थिति रहेको बन्द सत्रमा मोर्चाका संयोजक केबी गुरूङले पेश गरेको संगठनात्मक प्रतिवेदनलाई सुझाव सहित पारित गरेको छ ।