डेढ वर्षमा तीनसय बाहिरिए

978
views

महेन्द्र जिसी
पर्वत, ७ चैत । दिनान दिन खेत वारी बाँझिने क्रम बढेको छ । बसाई सराईले पनि तिव्रता पाएको छ । नगरपालिका घोषणा भएपछि फलवास नगरपालिकाभित्रका तीनसय घरधुरीले वसाई सरेका छन् ।

फलेवास नगरपालिकाको तथ्याङ्क अनुसार चालु वर्षमा मात्रै तीन सय ७ घरधुरीले वसाई सराईको प्रमाण पत्र लिईसकेका छन् । नगरवासीका अनुसार नगरपालिका घोषणा गरीएको दुईवर्ष पुगिसक्दा पनि न्युनतम पुर्वाधारको अनुभुति नभएपछि बसाई सराईको दर बढेको हो ।

वर्ष दिनमा उव्जाउ हुने अन्नको मुल्य भन्दा बढी करले ढाड सेकेपछि त झन प्रभाव पारेको छ । वर्ष दिनको अन्न उत्पादनभन्दा स्थानीय सरकारले लगाएको करको दर बढी, वाँदरको समस्या जता विषयले पनि बसाई सराईको मोह बढेको फनपा–११ का दधिलाल उप्रतीले गुनासो गरे ।

विकास निर्माणका नाममा भएको भएको बढ्दो विनासले पनि मानिसहरु वसाई सर्न थालेका छन् । जनप्रतिनिधि आएपछि विकासको भन्दा बढी विनासले पनि वसाईसराई बढेको फलेवास नगरपालिका–४ का चित्र बहादुर क्षेत्रीको भनाई छ ।

नगरपालिकाले स्थानीय सडक, खानेपानी, शिक्षा स्वाथ्य जस्ता आधारभुत आवश्यक्तालाई वेवास्था गर्दै बढदो वेरोजगारलाई सम्बोधन गर्न नसकेका कारणले पनि कसाईसराईले प्राथमिकता पाएको स्थानीयको गुनासे छ ।

गाउँहर रित्तिने क्रम बढदो छ । नगरपालिका अन्र्तगतका वडा नं ३ साविक शंकरपोखरी, वडा नं १ साविक कार्कीनेटा, साविक थापाथाना साविक लिमिठाना, ठानामौला, पाङराङ लगायतका वडाहरुबाट बसाई सराई गर्नेको दर बढेको छ ।