नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुने

658
views

काठमाडौं । नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । सरकारी संयन्त्रमार्फत् नेपाली कामदार जापान लाने विषयमा दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर गर्न लागिएको हो । यो समझदारी पश्चात आगामी अप्रिलदेखि नै जापान लैजाने कामदार छनोट प्रक्रिया सुरु हुने छ ।

जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङलगायतका १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने तयारी गरेको छ ।

त्यसका लागि उसले नेपालबाहेक चीन, फिलिपिन्स, थाईल्यान्ड, म्यान्मारलगायतका देशसँग पनि कुराकानी गरिरहेको बताइएको छ ।