जापान–नेपालबीच श्रम सम्झौता

750
views

काठमाडौं । नेपाल र जापानबीच श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच कामदार आपुर्तिवारे सोमवार समझदारीमा हस्ताक्षर भएको हो । जापानले नेपालसहित ९ वटा देशबाट विदेशी कामदार लैजान लागेको छ ।

जापान रोजगारीमा जानका लागि भने एन फोर भाषा परीक्षा उत्तीर्ण हुनुपर्नेछ । जापान रोजगारीका लागि वर्षमा बढीमा ६ पटकसम्म भाषा परीक्षा सञ्चालन हुने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी संयन्त्रबाटै कामदार पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो ।

जापानले नेपालसहित अन्य ९ वटै मुलुकसँग समझदारीका लागि प्रक्रिया अघि बढाएको छ । उसले ती देशबाट नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्यता व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्रका लागि कामदार लैजान लागेको छ ।

जापानले नेपाल, चीन, इण्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको छ ।