मेरोमाइक्रोफाइनान्सद्वारा आर्थिक सहयोग

643
views

लम्जुङ,१२, चैत । मेरोमाईक्रोफाईनान्स लघुबित्त बित्तीय संस्था लि गाउ“शहर लमजुङले चौतारा निर्माणको लागि दशहजार रुपैयाँ दिएको छ ।

मेरो मनकामना महिला केन्द्रका केन्द्र प्रमुख कृष्णमाया अधिकारीलाई संस्थाका शाखा प्रबन्धक देवकी कडेलले सो रकम हस्तान्तरण गर्नुभएको हो । उक्त रकम चौतारा निर्माण गर्नका लागि महिला केन्द्र मार्फत सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण गर्नुहुदै शाखा प्रबन्धक कडेलले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राखि समाजमा बिकास निर्माण कार्यलाई सदैव सहयोग र साथ गरिरहेको बताउनुभयो ।

त्यस्तै हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै महिला केन्द्र प्रमुख अधिकारीले संस्थाले महिला सशक्तिकरणको लागि बिभिन्न कार्यक्रमहरु गरेर महिलाहरुलाई आत्मनिर्भर बनाएको समेत बताउनु भयो ।