युरोकप छनोटमा ईंग्ल्याण्ड विजयी

826
views

काठमाडौं । युरोकप फुटबल छनौटमा इंग्ल्यान्डले लगातार दोस्रो पटकको जित हात पारेको छ । गएराती भएको समुह ए को खेलमा इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ५–१ ले पराजित गरेको छ । खेलमा रोस बार्कलेले दुई गोल गर्दा ह्यारी केन, राहिम स्टर्लीङ र माईकल किनले एक एक गोल गरेका हुन् ।

यसअघिको पहिलो खेलमा चेक गणतन्त्रलाई ५–० ले हराएको थियो । समुह ए को अर्को खेलमा बुल्गेरियाले कोसोभोसँग १–१ गोलको बराबरी खेलेको छ ।

युरोकप फुटबल छनोट समुह बि को खेलमा पोर्चुगल र सर्वियाले १–१ गोलको बराबरी खेल्दा युक्रेनले लक्जेम्बर्गलाई २–१ ले हराएको हो।

यसैगरी समुह एच को खेलमा फ्रान्सले आईसल्याण्डलाई ४–० ले हराउँदा टर्कीले माल्दोभामाथि ४–० को तथा अलबानियाले एण्डोरामाथि ३–० को जित निकालेका छन् ।