बाढीले बगाएर भारत पुगेका तीन गैँडा अझै ल्याइएन

939
views

नवलपुर, चैत १६ दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन कठिन भएको छ । वि. सं २०७३ साउन अन्तिम साता आएको बाढीले बगाएकामध्ये १० गैँडा उद्धार गरी ल्याइएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाएर ती गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए । तत्कालै निकुञ्जले समन्वय गरी नौ गैँडा उद्धार गरेर ल्याएको थियो । त्यसको झण्डैं एक वर्षपछि नेपाल छिरेको मौका पारेर अर्को एक गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको थियो ।