धार्मिक स्वतन्त्रता नै काँग्रेसको चाहाना हो– कोईराला

828
views

पाल्पा, १९, चैत । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए । कोईरालाले काङ्ग्रेसले कहिल्यै पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता नराखेको भन्दै ‘धर्म स्वतन्त्र हुनुपर्ने कुरामा अडिग रहेको बताए । प्रेस युनियन पाल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले हिन्दू राष्ट्र जनतालाई चाहिन्छ भने जनताले नै आन्दोलन गर्नुपर्ने बताए ।

हावाहुरीबाट बारा–पर्सामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै महामन्त्री कोइरालाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले मृतकका आफन्त र घाइते परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे । बहुमत प्राप्त सरकारले जनतालाई आशाभन्दा पनि निराशा पैदा गराएको महामन्त्री कोइरालाले आरोप छ ।