बेनीमा मुक्तिनाथ विकास वित्तिय कारोवार सुरु

1158
views

बेनी । बेनीमा मुक्तिनाथ विकास बैङ्कले बिहीबारदेखि वित्तिय कारोवार सुरु गरेको छ । वैकले एकसय १४ औं शाखाको रुपमा कारोवार सुरु गरेको हो ।

बेनी क्याम्पसचोकमा स्थापना भएको शाखाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरे । बेनी बजार भुगोल र जनसंख्याको दृष्टीले सानो सहर भएपनि आर्थिक कारोवार आर्कषक भएको बताउँदै मुक्तिनाथ विकास वैंकका संञ्चालक चुडामणी कँडेलले वैंकको उपस्थितीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न चाहोक जानकारी दिए ।

एक हजार घरधुरीको बसोबास रहेको बेनीमा मुक्तिनाथसँगै बैंकको शाखाको संख्या २० पुगेको छ । बचत तथा ऋण सहकारी ३५ वटा र १५ वटा लघुवित्तहरुले आर्थिक कारोवार गरिरहेका छन ।