गण्डकी प्रदेशमा तीन विधेयक प्रमाणिकरण

563
views

सीताराम थापा
पोखरा । पोखरा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीनवटा विधेयकहरुलाई प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले १ ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’ २.प्रदेश औद्योगिक व्यवसाय विधेयक’ ३. गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणिकरण गरिएको हो ।

‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’ फागुन २७ गते ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ चैत १ गते र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ चैत ११ गते बसेको प्रदेश सभा बैठकले पारित गरेको प्रदेश सभा सदस्य तथा पर्यटनमन्त्रि विकास लम्सालले बताए ।

पारित तीनवटै विधेयकलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले चैत १ गते प्रमाणित गरेको उनले बताए ।

सभामुख अधिकारीले प्रमाणित गरेका तीनवटै विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले सोमबार नै पाँच ‘श’ र पाँचप्रति विधेयकमा हस्ताक्षरसहित प्रमाणिकरण गरेका थिए ।

प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि विधेयक ऐन बन्ने प्रदेश सांसदमा. कृष्ण थापाले बताए । प्रमाणिकरणका लागि पठाइएका विधेयकलाई प्रमुख कुँवरले कानुन बनाउन सजिलो होस् भन्ने अभिप्रायले पाउने बित्तिकै प्रमाणिकरण गरेर पठाइदिने गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव विश्वप्रकाश न्यौपानेले जनाएका छन ।