चैतेदशै मेला र पहिलो नौमती बाजा धुन प्रतियोगिता

975
views

सीताराम थापा ।
बाग्लुङ्ग । बागलुङे चैत्राष्टमी मेला ऐतिहासिक मेला हो । यो मेला नयाँ बर्षको २ गतेसम्म चल्ने गर्दछ । यस मेलामा २०७५ मा समावेश गरिएको नौमती बाजा धुनको उपाधि बसबसे नौमति बाजा समूहले हात पारेको छ । आज सञ्चालन भएको चैत्राष्टमी मेलाको विशेष कार्यक्रममा बलेवाले उपाधिसंगै ५१ हजार नगद पुरस्कार बिजेता भएको हो ।

यसैगरी बागलुङ छरिखोला नौमती बाजा समूहले दोस्रो स्थानको उपाधि प्राप्त गरी नगद ३१ हजार हात पार्न सफल भएको छ । तेश्रो स्थानको उपाधि बागलुङ लामिचौर नौमती बाजा समूहले बिजय हासिल गरी १९ हजार नगद जित्न सफल भएको छ ।

बागलुङ काठमाडौ बाजा समूह धेरै प्रतिष्पर्धामा रहेर सान्त्वना स्थान पाएर नगद ९ हजार पाएको हो । बिजयी प्रतियोगीहरुलाई २३ नं. बाहिनीका बाहिनीपति, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, कलाकार समाजसेवी लक्ष्मण श्रीले नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

यसअघि प्रतियोगितामा प्रमुख अतिथिको हैसियतले दमाहा बजाएर शुभारम्भ उद्घाटन गर्दै स्थानिय कलाकार एवं समाजसेवी लक्ष्मण श्रीले पिछडिएको समुदायले अंगालेको नौमती तथा पञ्चै बाजाले आज लिएको स्थान राष्ट्रले गर्व गर्न थालेको बताउनु भयो । उहाँले नौमति बजा अगाडि लगाएर नेपाली संस्कृतिको जगेर्ना गर्ने नौमति बाजाको महत्व सार्थक तुल्याउन बागलुङमा पहिलो पटक बजाको धुन प्रतिष्पर्धा गराएको बताउनु भयो । आगामी दिनमा राष्ट्यिस्तरको नौमति बाजाको प्रतियोगिता गर्ने गरी तयारी गर्ने सोच रहेको उहांले जानकारी दिनु भयो । बागलुङे मेलामा बिबिध कार्यक्रम २ बैशाख सम्म हुने गुठिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।