भेटघाटमा पूर्व पर्यटनमन्त्री आचार्य

660
views

सीताराम थापा
बाग्लुङ । पूर्व पर्यटनमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थाई समिति सदस्य भिम आचार्य भेटघाट कार्यक्रममा व्यस्त देखिएका छन् । बाग्लुङमा भएको भेटघाट कार्यक्रममा आचार्यले संसदवाद पार्टी, सरकार र देशको अवस्थाको बारेमा जानकारी दिएका थिए ।

उनले पार्टी एकता प्रक्रिया अघि बढिरहेकोले समाजबादबाट साम्यबाद जस्तो साझा एजेन्डाका कम्युनिष्टहरु एक हुँदै जाने र संघीयतापछिको नयाँ संरचना निर्माणमा लागि परेको बताए ।

आचार्यले तिनै तहको बिकासको पुर्वधार निर्माणमा सरकार गम्भिर रुपले लागेको स्पष्ट पार्दै भने ‘ राष्ट्रको पहिलो आवश्यकता देशभरि उत्पादन भन्दा पहिले सडक बिस्तार तथा यातायात, उर्जा र पर्यटनको विकास हो ।’

उनले कृषि उत्पादन, वन, पर्यटन र उद्योग बिस्तार गरि आर्थिक र समृद्धिको बिकास गर्न दल र सरकार तयार रहेको बताए ।