अध्यक्षमा मिना रानाभाट

651
views

पोखरा, ४, बैशाख । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको लायन बर्ष १९ र २० को अध्यक्षमा मिना रानाभाट चयन हुनुभएको छ ।

क्लबको प्रथम उपाध्यक्षमा गौतम रानाभाट, द्वितीय उपाध्यक्षमा सुब्बा घिमिरे, तृतिय उपाध्यक्षमा तर्क बहादुर गुरुङ चयन भएका छन् । त्यसै गरी सचिवमा लालबहादुर रानाभाट, कोषाध्यक्षमा प्रमोद रानाभाट, पिआरओमा आनन्द पौडेल चयन भएका छन् ।

त्यस्तै हेल्थ डाइरेक्टरमा भेषराज पोखरेल, फाइनान्सियल डाइरेक्टरमा तुलबहादुर रानाभाट, टेल टुइस्टरमा सुजितकुमार बिजुक्छे, आइटी डाइरेक्टरमा दुर्गा प्रसाद चुवाँई, एजुकेसन डाइरेक्टरमा प्रबिन केसी चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट एड्भाइजर सुदिप राज ढुङ्गानाले निर्वाचित अध्यक्ष लगायत सम्पुर्णलाई बधाई दिए ।