अब के होला ? राप्रपाले धर्मनिरपेक्षताको ब्यानर जलायो, दर्जनौ नेता कार्यकर्ता पक्राउ

660
views

काठमाडौं । सरकारलाई २२ बुंदे मागपत्र बुझाएको राप्रपाले सो मागप्रति सुनुवाई नभएको भन्दै आज धर्म निरपेक्षताको ब्यानर जलाएको छ ।

कमल थापा नेतृत्वको राप्रपाले धर्म निरपेक्षताको ब्यानर जलाउने कार्यक्रममा संघीयता खारेजीको नारावाजी समेत गरेको छ । सो क्रममा क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जन बढी नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

अध्यक्ष कमल थापाले रत्नपार्क स्थित शान्तिबाटिकामा धर्मनिरपेक्षको ब्यानरलाई आगो लगाइदिएका थिए । विरोधसभामा राप्रपाका केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जना पक्राउ परेका छन् ।

राप्रपाले शुक्रबार देशैभर धर्मनिरपेक्ष खारेजीको माग गर्दै प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा हेटौँडा र भैरहवामा राप्रपाका केही नेता कार्यकर्ता घाइते भएका छन् ।