शालिग्राम चोरीका आरोपित वराईली पक्राऊ

894
views

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका–५ मोदिवेणी स्थित नृसिंह मन्दिरमा भएको शालिग्रँम शिला चोरीको घटनामा अन्जन बराईलीलाई पक्राउ गरेको छ ।

धादिङ जिल्ला साविक निलकण्ठ गाविस–१० स्थाई वतन भई कुश्मा नगरपालिका–५ वस्ने २५ बर्षिय वराईलीलाई काठमाडौं महानगरपालिका–३ महाराजगंज काठमाडौंवाट पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न अन्य ३ जना प्रतिवादीहरु कसम पुनमगर, सुमन गुरुङ र लेख वहादुर नेपालीको वयान पश्चात निज वराईली समेत संलग्न रहेको खुलेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बराईली जिल्ला अदालत पर्वतको आदेशले लागु औषध मुद्दामा धरौटीमा रिहा भएको व्यक्ति हुन् । अदालतको फैसाला अनुसार उनलाई २ वर्ष कैद र १ लाख जरिवाना तोकेको थियो । उनी उक्त सजायको फैसला पश्चात फरार रहेका थिए ।

बराईलिलाई जिल्ला अदालत पर्वतमा भएको थुनछेक आदेशले पुर्पक्षको लागि जिल्ला कारागार पर्वत चलान गरिएको प्रहरी निरिक्षक राजन रायमाझिले जानकारी दिए ।