अर्धाखाँचीका यी युवाले नारा लगाउँदै प्रधानमन्त्रीलाई कालो झण्डा देखाए !

788
views

बुटवल । जितगढी विजयोत्सव कार्यक्रमलाई संबोधन गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक युवाले मञ्चमै चढेर कालो झण्डा देखाएका छन् ।

‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन भन्दै ति युवाले कालो झण्डा देखाईरहँदा प्रधानमन्त्री ओलीले कालो झण्डा देखाइरहेको छ, तपाई के हेरिरहनुभएको छ ? भने । अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्रीहरु विष्णु पौडेल, बालकृष्ण खाणसहित प्रदेशका सभामुख मन्त्री, प्रधानसेनापति सहभागी थिए ।