नेपाल नमुना विकसित राष्ट्र बन्छ–मन्त्री बिष्ट

688
views

सीताराम थापा
बागलुङ, ७ बैशाख । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकारले दुरगामी सोच राखेर अगाडी बढेकाले ढिला भएपनि ५ बर्षभित्रै सडक, विद्युत, आर्थिक सामाजिक क्षेत्रमा समृद्धि आउने दाबी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ जिल्ला संयन्त्रको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बिष्टले जनताका अपेक्षा धेरै र स्रोत साधनको कमिका बाबजुद सरकार विकासको अभियानमा अगाडी बढिरहेको बताए ।

बर्तमान सरकारले तीनसय ५० भन्दा बढि कानून निर्माण गरेको र चुनावहरुको साथमा नयाँ संरचना निर्माण र कार्यान्वयनले अन्य समृद्दिको कार्य आगामी बर्ष गरेर देखाउने बताए ।

पार्टी एकताको प्रक्रियामा अगाडी बढिरहेको र अन्तिम टुंगोमा पुगेको भन्दै उनले सैद्धान्तिक, बैचारिक, सांगठानिक एवं व्यवहारिक एकतामा जोड दिनुपर्ने बताए ।

उनले सन् २०२० सम्म नेपालले बिकासमा फड्को मार्ने र २०३० सम्म नेपाल बिकसित देश बन्ने बिषयमा सबै विश्वस्त रहन आग्रह गरे ।