सांसदको ध्यानाकर्षण

684
views

सीताराम थापा ।
गण्डकी प्रदेश पोखरामा बाग्लुङका प्रदेश सांसदहरुले बाढी र असिनाबाट पीडित त्यहाँका जनताहरुलाई तत्कालै राहतको व्यवस्थापन गर्न सरकारलाई गंभिर ध्यानाकर्षण गराएका छन् । संसदको विशेष समयमा बोल्दै सांसद कोपिला बोहोराले पीडितहरुलाई तत्काल प्रदेश सरकारले राहत उपलब्ध गराउन माग गरिन् ।

विशेष समयमा बोल्दै अर्का सांसद चन्द्र बहादुर बुढा, सागरले करोडौँको क्षति पुगेको हुँदा प्रदेश सरकारले जनतामाझ आफ्नो उपस्थिति देखाउन विशेष आग्रह गरे । ‘बाढी र असिनापानीले कैयौं, परिवार दुखित् र मर्मा्हित बनेका छन् करौडौँको क्षति पुगेको छ, स्वास्थ्यचौकी, विद्यालय लगायत घरहरुमा बाढी पसेको छ, म आग्रह गर्दछु, प्रदेश सरकारले जनताको दुःखमा मल्हम लगाओस् ।’ उनले भने । उनले यसअघि नै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाईएको बताएका छन ।

असिना पानीले क्षति
गत चैत २२ को असिना पानीले काठेखोला गाउँपालिका–३ धम्जा, ४ तंग्राम, ५ र ६ बिहुँमा गहुँ, जौ सखाप भएको थियो । स्थानीयका अनुसार काट्न ठिक्क भएको गहुँबाली, चैते मकै लगाएतका बालीनाली असिनाले धेरै नष्ट गरेको थियो । धम्जाको ओखले र असौजेमा भर्खर उम्रेका आलुका बेर्नामा पूर्ण क्षति पुगेको छ ।

यस्तै, नयाँ वर्षको दिन गलकोटमा भिषण वर्षापश्चात आएको बाढीका कारण ५ करोड बराबरको क्षति भएको थियो । त्यस्तै, ३ सय रोपनी खेतीयोग्य जमिनमा बाढी पस्दा खेती नष्ट भएको थियो । बाढीकै कारण २ दर्जन घर विस्थापित भएका थिए । यसै गरि सिँचाई, खानेपानीमा पनि क्षति पुगेको थियो ।

गलकोट नगरपालिकाका अनुसार १ करोड बराबरको कृषि उपज तथा पशुचौपायाहरु, ५० लाख बराबरको खानेपानी, ५० लाख बराबरको लुघ जलविद्युत गृह, २० लाख बराबरको सिचाँइकुलो तथा ग्रामीण सडक अवरुद्ध हँुदा १ करोड बराबरको क्षति पुगेको छ ।

लामो समयपछि चलेको प्रदेश सभा बैठकमा बाग्लुङका सांसदहरुले पिडितहरुलाई क्षतिपूर्ति दिन प्रदेश सरकारलाई अनुरोध गरेका छन । जिल्लाको प्रशासन, नमगरिक समाज, सांसदहरुले समेत जिल्लामा भएको क्षतिको अवलोकन गरेको थिय,। यस्ता प्रकृतिक प्रकोप लाई कसैले रोक्न र छेकणन नसक्ने हुंदा समयमै सरकारले सम्बोधन गर्नुपर्ने नागरिक अभियान्ता सीताराम थापाको दाबि छ ।