नेकपा अध्यक्ष र सचिवको टुङ्गो, ६०-४० मा भागबण्डा

694
views

काठमाडौँ, ९, वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरुको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा जिल्ला कमिटीका नेतृत्वहरुको घोषणा गरिदैं छ । स्रोतका अनुसार जिल्लामा ४०-६० को आधारमा भागबण्डा भएको छ ।

तत्कालिन तत्कालिन नेकपा (एमाले) ले ४७ र नेकपा (माओवादी केन्द्र) ३० जिल्लामा नेतृत्व पाएका छन् ।