सिद्धिबिनायक मन्दिरको सामाग्री माइस्थानलाई

692
views

गोबिन्द तिमिल्सिना
हेमजा, १० बैशाख । पोखरा महानगरपालिका वडा न. २५ हेमजा शन्तिचोकमा रहेको सिद्धि बिनायक गणेश मन्दिरको सामाग्री स्थानिए सिद्धि बिनायक आमा समुहको पहलमा बिष्णुपादुका माइस्थानलाई हस्तान्तरण गरिएको छ ।

मध्य पाहाडी लोकमार्ग बिस्तारका क्रममा बाटोको मापदण्डमा परेका संरचना भत्काउने क्रममा शन्तिचोकमा रहेको सिद्धि बिनायक गणेश मन्दिर भत्क्याइएपछि सो मन्दिरमा समाग्रीहरु माईस्थान मन्दिरलाई दिइएको हो ।

मन्दिरमा रहेको गणेश र देवीको मुर्ति लगायत २ थान घण्टी, १०८ दियोबार, च्यानल गेट सहित मन्दिरको कोषमा रहेको रु. ११ हजार बिष्णुपादुका माइस्थान ब्यबस्थापन समितिका अध्यक्ष चुणामणी तिमिल्सिनालाइ हस्तान्तरण गरिएको सिद्धि बिनायक आमा समुहका सल्लाकार सुबेदार हरिकुमार श्रेष्ठले जानकारी दिए ।