निःशुल्क स्वास्थ्य शिविरमा सातहजार बढी लाभान्वित

591
views

रुपन्देही । नेपाली सेनाले प्रदेश नं ६ सरकारसँग सहकार्य गरी वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्य शिविरका लागि प्रदेश नं ६ को सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार तथा बिभिन्न सामाजिक संघ संस्था, उद्योगी, व्यवसायीहरुसँग सहकार्यमा मध्य पश्चिम पृतना हेडक्वार्टरले बैशाख ४ गतेदेखि ८ गतेसम्म रुपन्देही जिल्लाको कोटहिमाई गाउँपालिका मजगावामा छ दिने शल्य चिकित्सासहितको निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकाहरलाई प्रभावकारी चिकित्सा सेवाको पहुँच पुर्याउने उद्वेश्यले शिविरको आयोजना गरिएको सेनाले जनाएको छ । शिविरमा कोटहिमाई, सम्मरीमाई तथा मर्चावारी गाउँपालिकालगायत आसपासका बासिन्दाहरुले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा निशुल्क स्वास्थ्य सेवा अन्र्तगत डेन्टल सर्जरी, भिडियो एक्सरे, प्याथोलोजी ल्याब सेवासहितको उपचार गएिको थियो ।

उक्त स्वास्थ्य शिविरमा ६८ जनाले सफल शल्यक्रिया गर्नुका साथै जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास प्रश्वाास, मानसिक रोग, हर्निया, हाईड्रोसिललगायत विभिन्न रोगका सातहजार बढी विरामीले प्रत्यक्ष लाभ लिएका थिए ।

शिविर मर्चवार आदर्श उच्च माध्यमिक विद्यालयको हाताभित्र गरिएको थियो । सो अवसरमा दुईसय एकवटा विभिन्न जातका बोट बिरुवाहरुको बृक्षारोपण गरिएको थियो । शिविरको प्रधानसेनापति महारथी पुर्णचन्द्र थापाले निरीक्षण गरेका थिए ।