जानिराखौं ! मुसाले हुनसक्छ क्यान्सर

700
views

काठमाडौं । मुसा छालामा देखिने एक प्रकारको रोग हो । शरीरमा आउने मुसाले धेरैलाई सताएको पाइन्छ । शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जाने भएकाले पनि यसले धेरैलाई हैरान बनाएको हुन्छ । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता हुने गर्छन् । यसको समयमै उपचार गर्न आवश्यक छ । नत्र क्यान्सर पनि बनाउन सक्छ ।

मुसा छालामा देखा पर्ने एक किसिमको रोग हो । शरीरमा भएका मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलाएमा, या दुखेमा चिकित्सककहाँ गएर जाँच गर्नुपर्छ । किनभने, यस्तो लक्षण देखिएमा क्यान्सर हुन सक्छ । जन्मजात मुसा छ भने हानिकारक मानिदैन । तर, मानिस हुर्कने क्रममा मुसा देखिएको छ भने यसले क्यान्सरको रूप धारण पनि गर्न सक्छ ।

गर्न नहुनेस्कतिले घरमै त कतिपयले पार्लरमा गएर मुसा हटाउने गरेको पाइन्छ । यसरी मुसा हटाउनु हानिकारक मानिन्छ । यसलाई हटाउन घरेलु विधि प्रयोग गर्दा जटिल समस्या निम्तिन सक्छ ।

उपचार यसरीस्मुसा छालाको सतहभन्दा माथि उठेको डल्लो हो । यो गोलो वा चेप्टो हुन सक्छ । कतिपय मुसा भने छुँदा पनि दुख्ने खालका हुन्छन् । शरीरमा रोगप्रतिरोधी क्षमताको कमीले मुसा आउने गर्छ ।

मुसाले अनावश्यक दुःख दिएको छैन भने त्यसलाई चलाउनु हुँदैन । अनावश्यक रूपमा चलाउँदा जटिल समस्या देखा पर्न सक्छ । मुसा दिनप्रतिदिन बढ्दै गए अनुभवी चिकित्सकबाट लेजर प्रयोग गरेर हटाउन सकिन्छ ।