आतंकवादी संगठन आईएसले लियो श्रीलंका बम हमलाको जिम्मा

863
views

एजेन्सी । श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लािमक स्टेट (आइएस) ले लिएको अन्ताराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ सय नाघेको बताइएको छ । अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले मंगलबार लिएको हो ।

यो आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । यो आक्रमणमा ३६ जना भन्दा धेरै विदेशी मारिएका छन् । भारतका मात्रै सातजनाले ज्यान गुमाएका छन् ।

डेनमार्कका एक धनाढ्यले आफ्ना तीन सन्तान गुमाएका छन् । घटनापछि मंगलबार त्यहाँ राष्ट्रिय शोक घोषणा गरिएको छ ।