कटुवा पेस्तोल र गोली बरामद

2002
views

रौतहट १२, बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटले सीमानाकाबाट हतियारसहित गोली बरामद गरेको छ । प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको एम्बुस टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको हो । घटनाको विषयमा रौतहट प्रहरीले अनुसन्धान थालेको छ ।

जिल्लाको परोहा नगरपालिका ८ नेपाल–भारत सीमा दशगजा क्षेत्रमा एम्बुस बसेको बेला भारततिरबाट दुई संकास्पद अवस्थामा नेपाल पस्न खोजेकालार्य चेकजाँच गर्न खोज्दा उनीहरु भारततर्फ भागेको तर उनीहरुले बोकेको गम्छा त्यँही छाडेकोमा गम्छा चेक गर्दा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली बरामद भएको हो ।