शैक्षिक माफियाविरुद्ध ११ विद्यार्थी संगठनको विरोध

817
views

काठमाडौं । मंगलवार शैक्षिक माफियाविरुद्ध ११ विद्यार्थी संगठनहरुले संयुक्त विरोध प्रर्दशन गरेका छन् । माइतीघर मण्डलादेखि शैक्षिक माफियाविरुद्ध संयुक्त विरोध ¥याली कर्तल ध्वनीका साथ नाराबाजी गरेका छन् ।

माईतिघर मण्डलादेखि शुरु भएको प्रर्दशन नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणित भएको थियो । कोणसभाा बोल्ने अधिकांश विद्यार्थी नेताहरुले शैक्षिक माफियाको विरोध गरेका थिए ।

कोणसभामा सरकारको विरोध गर्दै विद्यार्थी नेताहरुले केपी ओली नेतृत्वको सरकार फासीवादोन्मुख भएको भन्दै विरोध गरे । उनीहरुले शैक्षिक माफिया, दलाल, तस्कर र भ्रष्टहरुको भण्डाफोर समेत गरेका थिए ।