छोरेपाटन माविमा शिक्षक अभिभावक संघ गठन

978
views

पोखरा । पोखरा महानगरपालिका १७ छोरेपाटन माध्यमिक विद्यालयमा बुधबार बसेको अभिभावक भेलाले रविलाल सुवेदीको अध्यक्षतामा शिक्षक अभिभावक संघ सर्वसम्मत रुपले गठन गरेको छ ।

संघमा इन्द्रबहादुर खत्री, रीता सुवेदी ढकाल, गुप्तबहादुर गुरुङ, गीता परियार, सविता भण्डारी सुवेदी, भवानी भट्टराई र पद्मकुमारी पौडेल सदस्य रहेका छन् ।

त्यसैगरी विद्यालयका शिक्षकहरुको बिहिवार वसेको बैठकले शिक्षक अभिभावक संघको शिक्षक प्रतिनिधिका रुपमा विद्यालयका शिक्षक दिपेन्द्र प्रसाद बस्ताकोटीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

विद्यालय व्यावस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक डिल्लीराम शर्माले गरेका थिए ।